नवलपुरको सर्दीमा ४ महिना अघि वेपत्ता ८२ बर्षीया महिलाको मानव कंकाल फेला




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपलिका ५ सर्दीको घुरकुर सामुदायिक वनमा ८२ बर्षीया महिलाको मानव कंकाल फेला परेको छ ।




करिब ४ महिना अघि वेपत्ता विनयी त्रिवेणी ५ गैरीझोक निवासी ८२ बर्षीय रामकुमारी दर्लामी आज विहान जंगलमा सडेगलेर कंकाल मात्र रहेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार स्थानीय जंगलमा कंकालदेखि पछि प्रहरीलाई खबर गरेका थिए ।

कंकालको साथमा भएका कपडा लगायतका हुलियाको आधारमा उनका आफन्तले शवको पहिचान गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान भईरहेको जनाएको छ ।



सम्बन्धित
Loading...