कावासोती नगरपालिकाको बजेट १ अर्ब १९ करोड ९२ लाख





कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको आगामी आर्थिक बर्षका लागि १ अर्ब १९ करोड ९२ लाखको बजेट पास गरिएको छ ।

कावासोती नगरपालिकाको आज भएको नगरसभाको १५ औं अधिवेशनले १ अर्ब १९ करोड ९२ लाखको बजेट पास गरेको हो ।


जस अन्तरगत नगरको समग्र पूर्वाधार विकासका लागि ६ करोड ३० लाख, सामाजिक विकास तर्फ ४ करोड, आर्थिक विकासतर्फ १ करोड, सुशासन तथा संस्थागत विकासतर्फ २० लाख, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४० लाख र वडा कार्यालयको समग्र विकासको लागि १२ करोड ५५ लाख विनियोजन गरेको छ ।

नगर उपप्रमुख फूलकुमारी थनेतद्वारा प्रस्तुत प्रस्तावित बजेटमा कावासोती रिङ रोडका लागि १ करोड ७० लाख, सुरक्षिनत नागरिक आवासका लागि ३६ लाख बजेट विनियोजन गरेको छ ।

त्यसैगरी नगर सभाको अधिवेशनमा नगर प्रमुख विष्णुप्रसाद भुसालले आगामी आर्थिक बर्ष २०८०।०८१ लागि नीति तथा कार्यक्रम पेश गरेका थिए ।



सम्बन्धित
Loading...