नेपाल घुम्न आएका २ जना भारतीय तिर्थ यात्रीको नवलपुरमा निधन




रामकुमार श्रेष्ठ
नवलपुर । नेपाल घुम्न आएका दुई जना भारतीय तिर्थ यात्रीको नवलपुरमा निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार पशुपतिनाथ मन्दिर लगायतका नेपालका विभिन्न स्थान घुम्न आएका दुई जना भारतीय तिर्थयात्रीको नवलपुरमा आज विहान निधन भएको हो ।




सिजी ०४ ई ३४५८ नम्बरको भारतीय बसमा सवार ५५ जना यात्रु मध्ये २ जना तिर्थयात्री अचानक विरामी भई उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती डण्डामा उपचारको क्रममा निधन भएको हो । ््

भारतको रौननाथ नगर थापा बलरामपुर बस्ने ५४ बर्षीया महिला रञ्जु केसरी र भारतको उत्तर प्रदेश सोनभर निवासी ४८ बर्षीया महिला शान्ति देवीको निधन भएको हो ।

उनीहरुलाई लगातार वान्ता र पखाला भई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डामा ल्याएकोमा उपचारको क्रममा आज विहान निधन भएको हो ।

मृतकहरुको शव आफन्तले बुझि लगेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...