कावासोतीमा चट्याङ लागेर घाईते महिलाकाे उपचारकाे क्रममा मृत्यु




रामकुमार श्रेष्ठ –
नवलपरासी । नवलपुरको कावासोतीम चट्याङ लागेर घाइते भएकि महिलाकाे निधन भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेललका अनुसार कावासोती १४ अग्यौली निवासी बुद्धिराम महतोको खेतमा खेत रोप्ने क्रममा कावासोती १४ निवासी ४६ बर्षीया महिला दिलकुमारी थरुनी चट्याङ लागेर घाइते भएकी हुन् ।




उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार पश्चात थप उपचारका लागि चितवन भरतपुर लगिएकाे थियाे ।

उनकाे बाटाेमै निधन भएकाे आशंका लागि देवचुली नगर अस्पताल दुम्काैलीमा लगेर चेक गर्दा चिकित्सकले मृत घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पाैडेलले बताए ।



सम्बन्धित
Loading...