पहिरोले घर पुरिंदा स्याङ्जामा आमा–छोरीको मृत्यु, बागलुङमा श्रीमानश्रीमती बेपत्ता




स्याङ्जामा पहिरोले घर पुरिँदा आमा छोरीको मृत्यु भएको छ। गएराति साढे ११ बजे स्याङ्जाको फेदीखोला गाउँपालिका-५ बाँगेस्थित दुर्गा जिटीको ढुंगा माटो र टिनले छाएको घर पहिरोले पुरिँदा उनीसँगै उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो।

प्रहरीका अनुसार उनीहरू घरमा सुतिरहेको बेला घरभन्दा करिब २०/२५ मिटर माथिबाट पहिरो खसेको थियो।




पहिरोले ढुंगामाटो र टिनले छाएको एक तले घर र घरनजिकै रहेको गोठ पूर्ण रुपमा पुरिएको प्रहरीले जनाएको छ।

३१ वर्षीय दुर्गा र उनकी छोरी निकिसाको घटनास्थलमै मृत्यु भएको छ। पहिरोले गोठ पुरिँदा त्यहाँ रहेको एउटा भैँसी समेत मरेको प्रहरीले जनाएको छ।

बागलुङमा पहिरोले घर पुरिंदा श्रीमान्-श्रीमती बेपत्ता

बागलुङको गलकोट नगरपालिका-८ काँडेबासको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती शुक्रबार राति पहिरोमा पुरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ । यसैबीच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।



सम्बन्धित
Loading...