चट्याङ लागेर महिलाको मृत्यु




दाङ, १५ असार । दाङको राजपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

खेतमा काम गरिरहेको समयमा शुक्रबार साँझ करिव ७:३० बजे परेको चट्याङ लागेर घाइते हुनुभएकी राजपुर गाउँपालिका–२ मटेरिया निवासी करिव ४० बर्षीया भुमिसरा बुढामगरको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका बरिष्ठ प्रहरी निरीक्षक उज्जवल शाहले जानकारी दिए ।




बरिष्ठ प्रहरी निरीक्षक शाहका अनुसार उपचारका लागि लमही अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।



सम्बन्धित
Loading...