रोल्पाको तालाबाङमा जिप दुर्घटनाः पाँचको मृत्यु, ६ घाइते




रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालक बच्चासहित पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब चारसय मिटर तल पुगेको स्थानीयले बताएका छन् ।




जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक भरत लामाका अनुसार दुर्घटनास्थलबाट ११ जनाको उद्धार गरिएको थियो ।

उनीहरुमध्ये पाँच जनाको दुर्घटनास्थलमै मृत्यु भएको भनिए पनि प्रहरीले भने अस्पतालले पुष्टि नगर्दासम्म भन्न नसकिने बताएको छ । जिपमा ११ जना सवार रहेको बुझिएको छ । दुर्घटना भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट प्रहरी पुगेर उद्धार खटिएको थियो ।



सम्बन्धित
Loading...