जङ्गली च्याउ खाँदा ७ जना बिरामी, एकको अवस्था गम्भिर

२० असार । मकवानजपुरमा जङ्गली च्याउ खाएर ७ जना बिरामी परेका छन् । बिरामीमध्ये एकजनाको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार जङ्गलबाट ल्याएको च्याउ पकाएर खाँदा मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ उर्लाघारी स्थित एकै घरका ७ जना विरामी परेका हुन् ।
बिरामी हुनेमा ६५ वर्षकी मंगली मायाँ स्याङतान, उनका ३२ वर्षीय छोरा बुद्धि बहादुर स्याङ्तान, बुद्धि बहादुरकी श्रीमती ३० वर्षीय पासाङ मायाँ स्याङ्तान र उनीहरुका ७ वर्षीय छोला लासाङ स्याङ्तान रहेका छन् । लासाङको अवस्था गम्भिर रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
यस्तै बुद्धि बहादुरको दाई बुद्ध स्याङतानका छोरीहरु १९ वर्षीय लक्ष्मी मायाँ स्याङ्तान, १५ वर्षीय पार्वती स्याङ्तान र ७ वर्षीय आरती स्याङतान रहेका छन् । बिरामीमध्ये दुईजनाको हेटौँडा अस्पताल र पाँचजनाको चितवन स्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मंगली माया र लक्ष्मी मायाको हेटौँडा अस्पताल र बुद्धि बहादुर, पासाङ, लसाङ, पार्वती र आरतीलाई उपचारका लागी चितवन स्थित सरकारी अस्पताल भरतपुर अस्पतालमा उपचार भइरहेको हो । पछिल्लो दुईसाताको समयमा मकवानपुरमा जङ्लबाट ल्याएको च्याउ पकाएर खाँदा तीनजनाको ज्यान गएको छ । यस्तै जङ्गली च्याउको सेवनबाट करिब ३० जना बिरामी परेका छन् ।