नारायणी नदीले नारायणगढ र देवघाटमा नाघ्यो चेतावनीको तह, सतर्क रहन नवलपुर प्रशासनको आग्रह




नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नारायणी पुल र देवघाटमा चेतावनी तह नाघेको छ । नारायणी पुल जलमापन केन्द्र र देवघाट जलमापन केन्द्रले चेतावनी तह नाघेको रेकर्ड गरेका हुन् ।

चेतावनी तह भनेको आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था हो । नारायणी पुलमा जलसतह ११.२६ मिटर पुगेको छ भने देवघाटमा जलसतह ८.५१ मिटर पुगेको छ ।




नारायणी पुलमा ११ मिटर र देवघाटमा ७.३ मिटर जलसतहलाई चेतावनी तह मानिन्छ । देशभर लगातार वर्षा भइरहेकाले जलसतह अझै बढ्ने सम्भावना छ ।

नारायणीले चेतावनीको तह नाघेसँगै नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेतना अपनाउन भनिएको छ । जोखिमयुक्त ठाउँका मानिसलाई सुरक्षित स्थानमा गएर बस्ने आग्रह गरिएको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपुरले नवलपुरमा बाढीको जोखिम रहेको भन्दै नदी तथा खोला आसपासका बस्ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।



सम्बन्धित
Loading...