रुख ढलेपछि दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको दाउन्ने खण्डमा विश्वकर्मा मन्दिर नजिकै पहिरोसहित ढलेको रुखले सडक ढाकेपछि यातायात अवरुद्ध भएको हो ।
रुख र पहिरो हटाउनका लागि पहिरो खसेको स्थलतर्फ जेसीबी पठाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी वेदबहादुर पौडेलले बताए ।
शनिबार दिउँसोदेखि नै एकतर्फीरुपमा संचालनमा रहेको दाउन्ने खण्डको जाममा परेका यात्रुले रातको समयमा थप सास्ती खेपेका छन् । अवरोध हटाउने काम तदारुकताको साथ भैरहेको प्रहरीले जनाएको छ ।
दाउन्ने खण्डमा सडक विस्तार र वर्षाको कारण हिलोले सवारी संचालनमा कठिनाई हुँदै आएको छ ।