चितवन जिल्ला लिग : अस्ट्रेलियाको पहिलो जित




चितवन । सेन्ट्रल कलेज चितवन जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा अस्ट्रेलियन युवा समाजले पहिलो जीत दर्ता गरेको छ ।

लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा नारायणी मोटर्सले युनिक फुटबल क्लबलाई २–० ले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो । जीतमा लालकुमार तामाङ र प्रताप भट्टले गोल गरेका थिए ।



अस्ट्रेलियाका विशाल तामाङ म्यान अफ दी म्याच बने । यो जितपछि लिगामा अस्ट्रेलियाले दुई खेलमा चार अंक जोडेको छ ।

लिगअन्तर्गत सोमबार हुने भनिएको यात्रा ग्रुप भरतपुर र माडी-११ बीचको खेल स्थगित भएको छ । उक्त खेल मंगलबार दिउँसो २ः३० बजे हुनेछ । मंगलबार अपरान्ह ४ः३० बजे नारायणगढ फुटबल क्लब र रामपुर एफएफएफ रड्स भिड्दैछन् ।


सम्बन्धित
Loading...