मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध




चितवन । मौवाखोला नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

आज बिहान ५ बजे चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित मौवाखोला नजिकै सडक माथिबाट ढुङ्गा र लेदो सहितको पहिरो खस्दा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।




सडकमा झरेको पहिरो हटाउनका लागि सडक विभागसँग समन्वय भइरहेको प्रशासनले जनाएको छ ।

चितवनमा अहिले पानी परिरहेको छ ।



सम्बन्धित
Loading...