सभापति रविले स्वीकारे यस्तो गल्ती



मौद्रिक नीति सार्वजनिक हुने अघिल्लो दिन मात्र छलफल चलाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गल्ती स्वीकारेका छन् ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । तर, रास्वपाले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सन्दर्भमा बिहीबार दिउँसो मात्र छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेकोमा ढिला भएको भन्दै सभापति लामिछानेले गल्ती स्वीकार्यका हुन् ।




सभापति लामिछानेले भने, ‘हुन त सरकारले भोलि नै मौद्रिक नीतिको तयारी गरेको जानकारी छ, यस सन्दर्भले हाम्रो छलफल केही ढिला हुन गयो । यसका पछाडि राजनीतिक गतिविधि र घटनाहरूले काम गर्‍यो । यस्तो छलफल कार्यक्रम हामीले अलि अघि नै गर्ने तयारी गरेका थियौँ । यद्यपि, ढिलै भएपनि राम्रो छलफल भएको छ । तर यस्तो सार्वजनिक मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै बन्द कोठामा नभएर खुल्ला मञ्जमा छलफल तथा अन्तरक्रिया गर्ने कार्यको गत वर्षदेखि नै सुरुवात गरिसकेको छ ।’

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।

रास्वपाले आज आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उहाँले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिएका हुन् ।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तक्र्रियामा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राखेका थिए । रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उनले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनु पर्नेमा जोड दिए ।



सम्बन्धित
Loading...