२५ औ फोनिज र ३० औ विश्व आदिवासी स्थापना दिवसमा नवलपुरमा बृक्षरोपण

नेपाल आदिवसाी जनजाति पत्रकार महासंघ फोनिजको २५ औ स्थापना दिवस र ३० औ विश्व आदिवासी दिवसको अवसरमा नवलपुरमा बृक्षारोपण गरिएको छ ।
आईतबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला नवलपुर, नेपाल आदिवासी जनजाति महासंघ नवलपुर, राष्टि«य जनजाति महिला महासंघ नवलपुर र बौद्ध अहिंसा पार्क कावासोतीको संयुत्तm आयोजनामा कावासोती २ स्थित अहिसां बौद्ध पार्क परिसरमा सरसफाई एवम् फुलका विरुवाहरु रोपेका हुन ।
जिल्लाका विभिन्न जातिय संगठनका प्रतिनिधिहरुको सहभागितामा करिव ९० भन्दा बढी फलफुलका विरुवाहरु रोपिएका हुन ।
यो संगै ३० औंं विश्व आदिवासी दिवस र २५ औं आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको ३ दिवसीय कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला कार्य समिति नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
यसअघि ३० औ विश्व आदिवासि दिवसका दिन आदिवासीहरुको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ भने पुर्वसन्ध्यामा समावेशी सञ्चार ,विगत र वर्तमान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भई शुक्रबार दिवसका दिन बृक्षरोपण गरि ३० औ आदिवासी र २५ औ फोनिजको ३ दिवसीय कार्यक्रम सम्पन्न भएको हो ।
अहिंसा पार्कमा नेपाल आदिवासी जनजाति महासंघ लगायत जातीय संगठनहरुले मौलिक संस्कृति झल्कने गरी संरचना निर्माण गर्ने तयारी गरेको छ ।