२५ औँ फोनिज स्थापना दिवसमा नवलपुरमा अन्तरकृया
नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासँघ फोनिज स्थापना दिवसमा नवलपुर जिल्लामा अन्तरकृया कार्यक्रम गरिएको छ ।
कार्यक्रम जिल्लाको सदरमुकाम कावासोती स्थित काजासोती नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।
फोनिज नवलपुरको आयोजनामा समावेशी सञ्चार विगत र वर्तमान , आदिवासी जनजातिहरुको सवाल र सरोकारवालहरुको भूमिका विषयकमा अन्तरकृया गरिएको थियो ।
कार्यक्रम फोनिज नवलपुरका अध्यक्ष चन्दा गुरुङको अध्यक्ष्ता एवम् नेपाल आदिवासी जनजाति महासँघ केन्द्रिय पूर्व उपाध्यक्ष ज्ञान वहादुर बोटेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बोटेले सञ्चार माध्यममा आदिवासी जनजातिहरुको व्यक्तिगत भन्दा पनि मुद्धाको समावेशिता चाहेको बताएका थिए ।
आदीवासी जनजातिहरुको हक अधिकारको मुद्धाका विषयलाई आदिवासी पत्रकारले मात्र कलम चालाएर नपुग्ने भन्दै गैरआदिवासी जनजाति पत्रकारहरुलाई पनि मुद्धाका विषयमा सकारात्मक रुपबाट कलम चलाउन उनले आग्रह गरे ।
कार्यक्रममा आदिवासी जनजाति अधिकार प्राप्तिका लागि स्थानिय तहदेखि प्रदेशस्तरसम्म एकद्धार प्रणालीबाट विकासमा सहकार्यको भूमिका खेल्नु पर्नेमा जोड दिइएको थियो ।
यस्तैगरी अन्तरकृया कार्यक्रममा बोल्नुहुँदै नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठले आदिवासी जनाजति समुदाय जवसम्म राज्यको मूलधारमा पुग्दैनन् तबसम्म समावेशीता भएको मान्नु गलत हुने बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका पूर्व अध्यक्ष रामव्लोन तामाङ, जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्मा, आदिवासी जनजातिका विभिन्न भातृसँघ सँस्थाका पदाधिकारी, कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेत, प्रमुख प्रसाशकिय लिलाराज पौडेल, नेपाल पत्रकार महासँघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुली, फोनिजकर्मी लगायत पत्रकार महासँघका विभिन्न भातृसँघ सँगठनका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
करिब ५० जना सहभागि रहेको कार्यक्रममा आदिवासी जनजातिका विभिन्न सवालहरु उठान गरिएको थियो । फोनिजको २५ औँ स्थापना दिवसको पूर्वसन्ध्यामा कार्यक्रम गरिएको हो ।
आदिवासी जनजाति पत्रकार महासँघ फोनिजले साउन २७ गते अर्थात् आइतबार २५ औँ स्थापना दिवस मनाउने भएको छ ।