घरेलु समर्थकले मैदानमा पानीको बोटल फाले
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको फाइनलमा घरेलु दर्शकले मैदानमा पानीको बोतल फालेका छन् ।
बंगलादेशले ७१ औं मिनेटमा तेस्रो गोल गरेको थियो । लगतै डिबक्स एरियामा नेपाली खेलाडी फउल गर्न पुगे ।
बंगलादेशका कप्तानले घरेलु समर्थकलाई हुटिङका लागि अपील गरेपछि केही दर्शकले पानीको बोतल मैदानमा फालेका हुन् ।