साताव्यापी रुपमा नवलपुरमा निजामती दिवस मनाइने
कावासोती । कर्मचारी मिलन केन्द्र नवलपुरद्धारा निजामती दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ ।
भदौ २२ गते निजामती सेवा दिवसको अवसरमा साता व्यापी कार्यक्रम गर्ने नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा निजामती दिवस कार्यक्रमका संयाजक अरुण पोख्रेलले जानकारी दिए ।
आज जिल्ला प्रशासन कार्यलयमा बैठक बसि निजामती दिवस विविध कार्यक्रम मनाउने गरी छलफल गरिएको कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख एवं कर्मचारी मिलन केन्द्र नवलपुरका अध्यक्ष विरेन्द्रप्रसाद घिमीरेले जानकारी दिए ।
साता व्यापी कार्यक्रम अन्तरर्गत १८ गते पत्रकार भर्सेज निजामती कर्मचारी बिच फुटसल, १९ गते रक्तदान, २० गते निबन्ध प्रतियोगीतासंगै २२ गते निजामती दिवस मनाइने अध्यक्ष घिमिरेले बताए ।