मध्यविन्दु नगरपालिकाको बार्षिक प्रगति समिक्षा





प्रकाश रेग्मी –
चोरमारा – मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति समिक्षा गरेको छ ।

नगरपालिकाको कार्यलय शाखाबाट सम्पन्न भएका कार्यहरूको प्रगति समिक्षा शुक्रबार नगरपालिकाको सभा हलमा भएको हो ।


समिक्षा कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिका नगर प्रमुख भिमलाल अधिकारीले आफु नियमित रुपमा नगरको बिकासमा लागी परिरहेको उल्लेख गर्दै जनप्रतिनिधि कर्मचारी दुवै मिलेर काम गरे ‘समृद्ध मध्यविन्दु खुसी नगरबासी’ को परिकल्पना पुरा हुने बताए ।

एउटा शाखाले गरेको राम्रो काम आर्को शाखाले सिक्न मिल्लुस भन्ने हेतुले प्रगती समीक्षाको आयोजना गरिएको मध्यविन्दु नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीले बताए ।

कार्यक्रममा नगरपालिका भित्रका शाखा प्रमुखहरुले आफ्नो शाखाको बार्षिक प्रगती बारे जानकारी दिएका थिए। साथै उनहरुले शाखाको अबसर र चुनैतीबारे समेत स्पष्ट पारेका थिए ।

समिक्षा कार्यक्रममा कार्यपालिका सदस्यहरुले विभिन्न सल्लाहा सुझाव राखेका थिए ।

समिक्षा कार्यक्रममा नगर उप प्रमुख पूर्णकला चौधरी, वडा अध्यक्षहरु कार्यपालिका सदस्य, विभिन्न शाखाका शाखा प्रमुख लगाएतको उपस्थित रहेको थियो ।



सम्बन्धित
Loading...