होटल व्यवसायीहरुलाई आचारसंंहिता लागु गर्न होटल व्यवसायी संघ नवलपुरको निर्देशन





रामकुमार श्रेष्ठ –
नवलपुर । कावासोतीका होटल तथा सेकुवा कर्नरहरुमा मासुमा अखाद्य वस्तु रातो रङ्ग अत्यधिक प्रयोग गरेको समाचारहरु सञ्चारमा माध्यममा आएपछि होटल व्यवसायी संघ नवलपुरले होटल व्यवसायीहरुलाई अनिवार्य रुपमा आचार संहिता कार्यान्वयन गर्न निर्देशन गरेको छ ।

आज होटल व्यवसायी संघ नवलपुरका अध्यक्ष सन्तोष राना मगरद्वारा जारी विज्ञप्तिमा होटल व्यवसायी संघले जारी गरेको आचार संहिता अनिवार्य लागु गर्न निर्देशन गरेको हो ।


विज्ञप्तिमा आचारसंहिता उल्लंघन गर्ने वा अक्षरसः पालना नगरेको पाइए राज्यको निकायबाट गरिने कारवाही रोक्नबाट कुनै सहयोग नगर्ने समेत उल्लेख गरिएको छ ।

होटल व्यवसायी संघ नवलपुरले गत साउन १५ गते जिल्ला प्रशासन, जिल्ला प्रहरी लगायतको सहमतिमा होटल सम्बन्धी आचारसंहिता जारी गरेको छ ।

राना मगरद्वारा जारी विज्ञप्तिमा स्वच्छ र सफा राख्न, होटल पर्यटन तथा पाहुना मैत्री रुपमा सञ्चालन गर्न, भुक्तानी प्रणाली ग्राहकहरुको सन्तुष्टिमा पारदर्शी गर्न, होटलमा बस्ने पाहुनाहरुो सुरक्षा सुनिश्चितता गर्न, नेपाल सरकारले अनुमति दिइएका बाहेकका अन्य खाद्य वस्तु विक्री नगर्न लगायतको आचार संहिता लागु गर्न निर्देशन दिइएको छ ।

आचारसहिंता विज्ञप्ति सम्बन्धमा -नवलपुर होटल व्यवसायी संघ जिल्ला कार्यसमिति


सम्बन्धित
Loading...