कावासोतीमा करेन्ट लागि घाइते
कावासोती । नवलपुरको कावासोतीमा करेन्ट लागेर १ जना घाइते भएका छन् ।
आज विहान कावासोती १७ गोर्सटी निवासी ५१ बर्षीय लालबहादुर कार्कीलाई करेन्ट लागि घाइते भएका हुन् ।
दबदबेको रुखमा घाँस काट्ने क्रममा विजुलीको तारमा छुन गई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
उनको मध्यविन्दु अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन मेडिकल कलेज चितवन लगिएको छ ।