क्रिप्टो करेन्सी कारोबारको आरोपमा नवलपुरका एक युवक सहित २ जना पक्राउ





नवलपुर । अवैध क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा नवलपुरको गैडाकोट ४ निवासी २२ बर्षीय प्रज्ञान रिमाल पक्राउ परेको छन् ।

रिमालसँगै बाग्लुङको बाग्लुङ नगरपालिका–४ घर भएका २० वर्षीय आयुष शर्मा पनि पक्राउ परेका छन् ।


नवलपुरका रिमाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको ठमेलबाट र बाग्लुङका शर्मालाई काठमाडौंको मनमैजुबाट पक्राउ परेको हो ।

पक्राउ परेकाहरु विरुद्ध अभौतिक मुद्राको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।



सम्बन्धित
Loading...