बुलिङटारको अत्रौलीटारमा अस्थायी प्रहरी चौकीको उद्घाटन





नवलपुर । नवलपुरको दुर्गम पहाडि बुलिङटार गाउपालिकाको अत्रौलीटारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयले प्रदान गरेको जग्गामा गाउँपालिकाको करिब २६ लाखको लागतमा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरेर शुक्रवार उद्धघाटन गरिएको हो ।

 

पूर्वी नवलपरासीका प्रहरी प्रमुख नरहरी रेग्मीले नवनिर्मित भवनको एक समारोह बीच शुक्रवार उद्धघाटन गरेका छन । उद्धघाटन पछि बोल्दै प्रहरी उपरीक्षक रेग्मीले स्थानस्यवासिन्दाको माग बमोजिम अत्रौलीटारमा अस्थायी प्रहरी चौकीबाट सेवा शुभारम्भ गरेको सुनाए । पहाडि कालीगण्डकी कोरीडर किनारमा निर्माण भएको चौकीले दुर्मगका जनतालाई प्रबाह गर्ने सेवा छिटो, छरीतो र गुणस्तरीय रहने उपरिक्षकले बताए ।

 


पूर्वी नवलपरासीमा २८ वटा प्रहरी चौकी रहेका छन । ति मध्ये १२ वटा अस्थायी प्रहरी चौकी रहेको छ । अत्रौली प्रहरी चौकि छिमेकी बौदीकाली र बुलिङटार गाउँपालिकाको सिमानामा रहेकाले दुबै पालिकालाई सेवा दिन सहज हुने बताइएको छ ।

 

रेग्मीले यहा निर्मित प्रहरी भवन नेपालकै नमूना भवन भएको दावी गरे । तनहुसंग सिमाना जोडिएको अत्रौलीटार प्रहरी चौकी दुर्गम पहाडि चौकी हो ।

 

पूर्वी नवलपरासीको बुलिङटार, बौदीकाली र हुप्सेकोट गाउपालिका दुर्गममा पर्दछन । बुलिङटार गाउपालिका वडा नम्बर ६ का अध्यक्ष माधब पाठकले बुलिंङटार र बौदीकाली गाउपालिकामा इलाका प्रशासन कार्यालयको आवश्यकता औल्याए ।

 

उनले यी दुइ पालिकाका स्थानीय बासिन्दा जिल्ला प्रशासनको सेवा लिन एक दिनभरीको यात्रा गरेर कावासोती जानपर्ने अबस्थाको अन्त्य गर्न बुलिङटारको अत्रौलीमा इलाका प्रशासन कार्यालय स्थापनाको काम गर्दै आफुहरु गृहमन्त्रालयमा समेत पुगेको र गृहमन्त्रीको आश्वासनले उत्साहित भएको सुनाए ।



सम्बन्धित
Loading...