नवलपुरमा आयो सवारी साधन गति चेक गर्ने राडर गन




नवलपुर । तपाई नवलपुर जिल्लामा राम्रो बाटो सडक पाउना साथ तिब्र गतिमा सवारी साधन कुदाउने गर्नुभएको छ ? छ भने अब होसियार हुनुहोस् नत्र तपाई पनि जुनसुकै बेला ट्राफिक प्रहरीको कारवाहीमा पर्न सक्नुहुनेछ ।

ट्राफिक प्रहरीले नवलपुर जिल्लामा पनि सवारी साधनका गति टाढैबाट नाप्न मिल्ने राडर गन ल्याएको छ ।




जिल्ला ट्राफिक कार्यालय नवलपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार राडर गनको प्रारम्भिक परिक्षण पनि गरिएको छ ।

पहिलो दिन गरिएको परीक्षणमा धेरै सवारी साधन चालकलाई सम्झाइ बुझाइ पठाइए पनि प्रतिकिलो मिटर ७० भन्दा बढी स्पिटमा सवारी साधन चलाउने २ जना चालकलाई भने कारवाही गरिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरमा अहिले १ थान राडर गन ल्याइएको छ । उक्त राडर गनले अब नवलपुरका विभिन्न ठाउँमा नियमित रुपमा सवारी साधनको गति जाँच गर्ने प्रहरी निरीक्षक बन्जाराले बताए ।

नवलपुरमा बजार क्षेत्रमा प्रतिघण्टा बढीमा ५० किलोमिटर र बजार बाहिरको क्षेत्रमा प्रतिघण्टा बढीमा ६० किलोमिटरको गतिमा सवारी साधन चलाउन पाइन्छ । त्यो भन्दा बढी गति सवारी साधन चलाइएको पाइए कारवाही गर्न पाउने कानुनी प्रावधान छ । सोही अनुसार पहिलो पटकमा ५ सय रुपैयाँ जरिवाना हुने र पटक पटक भए थप जरिवाना बढ्दै जाने जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जराले बताए ।



सम्बन्धित
Loading...