हुप्सेकोटका किसानलाई विषादी समुचित प्रयोग सम्बन्धी सचेतना





रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको हुप्सेकोटमा तरकारीमा विषादीको समुचित प्रयोग सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।

कृषि ज्ञान केन्द्र नवलपुरको आयोजनामा भएको कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, उपाध्यक्ष पूर्णसिंह राना मगर लगायतका जनप्रतिनिधि, स्थानीय कृषक लगायतको सहभागिता रहेको थियो ।


सचेतनामुलक कार्यक्रममा विषादीको प्रयोगले मानिसको स्वास्थ्यदेखि जैविकविविधता र हाम्रो अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने सम्बन्धि सडक नाटक समेत देखाइएको थियो ।

कार्यक्रममा विषादीका बारेमा जानकारी गराउँदै कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले विषादी कसरी प्रयोग गर्ने भन्ने विषयमा कृषकमा ज्ञान नहुँदा यसको पहिलो मारमा कृषक पर्ने गरेको बताए । उनले विषादी कसरी प्रयोग गर्ने भन्ने पहिलो ज्ञान किसानमा हुनु पर्नेमा जोड दिए ।

त्यसैगरी गरी कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले कृषकहरु निक्कै कम मात्रामा कृषि ज्ञान केन्द्र वा पालिकाहरुमा रहेको कृषि तथा पशु प्राविधिकसँग सल्लाहा लिन पुग्ने गर अधिकांश कृषकहरु सोझै भेटनरीमा गएर विषादी ल्याउने गरेका कारण अबदेखि किसानहरुलाई कृषि तथा पशु प्राविधिकसँग भेटेर मात्र उनीहरुकै सरसल्लाहामा काम गर्न आग्रह समेत गरे ।

कार्यक्रममा कृषकहरुलाई विषादीको प्रयोग र यसले पार्ने असरका साथै कसरी र कुनकुन विषादी प्रयोग गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले कृषकका मेहनतलाई खेर जान नदिने र कृषकदेखि उपभोक्तासम्म सबैलाई विषादीबाट सुरक्षित राख्नु हामी सबैको दायित्व भएको बताए । उनले यस विषयमा पालिका सचेत रहेको बताए । गाउँपालिका अध्यक्ष पाण्डेले हुप्सेकोट गाउँपालिकाका किसानहरुलाई प्राङ्गारिक विषादी प्रयोग गर्न पनि आग्रह गरिन ।

हुप्सेकोट गाउँपालिकामा काँक्रो, गोलभेडा, सेबी, बोडी, आलु लगायतका तरकारीको व्यवसायिक खेती गर्ने गर्दछन् । हुप्सेकोटका कृषकहरुले आफूहरुले विषादीको प्रयोग गर्दा निक्कै ध्यान दिएर गर्ने गरेको र कृषि प्राविधिकहरुले सिकाए झै गर्ने गरेको बताएका छन् ।



सम्बन्धित
Loading...