कावासोती र देवचुलीमा प्लाष्टिकका फुलमाला प्रतिबन्ध





कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र प्लाष्टिकका फुल तथा फुलका गुच्छा उत्पादन, विक्री वितरण र भण्डारण गर्न प्रतिबन्ध लगाएको छ ।

कावासोती नगरपालिकाले आज सूचना जारी गरी यस्तो प्रतिबन्ध लगाएको हो । तिहार, छठ लगायतका पर्वहरुमा स्थानीय स्तरमा उत्पादिन फुलका सट्टा भारत तथा चिनबाट निर्यातित प्लाष्टिकका फुलहरुको प्रयोग बढेको कारण नेपालमा पछिल्लो समय यस्तो प्रतिबन्ध लगाउने गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।


कावासोती नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको वैठकले यस्तो प्रतिबन्ध लगाउने निर्णय गरेको र प्रतिबन्धित काम गरेको पाइए कारवाही गर्ने समेत निर्णय भएको कावासोती नगरपालिकाका नगर उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिका संयोजक फूलकुमारी थनेतद्वारा जारी विज्ञप्तिमा जनाएको छ ।

त्यसैगरी नवलपुरको देवचुली नगरपालिकाले प्लाष्टिकजन्य फूलगुच्छा तथा मालाको प्रयोग नगर्न अनुरोध गरेको छ ।

देवचुली नगरपालिकालेसूचना जारी गर्दै प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न अनुरोध गरेको हो ।

नेपालीहरूको मुख्य पर्वहरु विजया दशमी, शुभ दिपावली, छठ लगायत विभिन्न मेला महोत्सव तथा अन्य सभा समारोहहरूमा प्लास्टिकजन्य फूलगुच्छा तथा मालाहरुको प्रयोग नगर्न नगरपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।



सम्बन्धित
Loading...