नवलपुरमा चक्कु प्रहारबाट एक जना घाइते

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बेतौली चिरामा चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सामान्य विवाद पछि भएको झगडामा विनयी त्रिवेणी १ शान्ति टोल बस्ने १८ बर्षीय सरोज बुढाथोकीले पाल्पाको माथागणी ८ घर भई हाल विनयी त्रिवेणी २ सुनटाँडीमा मजदुरी गरी बस्ने २३ बर्षीय ओम मगरलाई चक्कु प्रहार गरी घाइते बनाएका हुन् ।
मगरको कम्मर, कुम, पाखुरा र छात्तीमा चोट लागेको छ । उनको विनयी त्रिवेणीमा रहेको विनयी त्रिवेणी आधारभुत स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।
कुटपिट गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।