थारु भाषालाई गण्डकी प्रदेशमा कामकाजको भाषा बनाउँछुः मुख्यमन्त्री पाण्डे




नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृती, रहनसहन र भेषभुषा संरक्षण गर्न आफै एकजुट भएर लाग्नु पर्ने बताएका छन् ।

जितिया पर्वको पूर्वसन्ध्यामा नवलपुरको डण्डामा थारु महिला सभाले आयोजना गरेको १२ औं जिल्ला स्तरीय झमटा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।




‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक, बहुसांस्कृतीक मुलुक हो, हाम्रा विभिन्न समुदायहरुमा आ–आफ्नै भाषा, सस्कृती छन्,’ – मुख्यमन्त्री पाण्डेले भने – ‘ती सबैको हामी आफैले जगेर्ना, संरक्षण र रक्षा गर्नुपर्छ ।’

सरकारले मात्रै सबै कुरा गरिदिन्छ भनेर सोच्यो भने हाम्रा परम्परागत भेषभुषा र संस्कृती लोप हुन सक्ने उनको भनाइ थियो । प्रदेश सरकारले गण्डकीको नवलपुरमा बाहुत्यता रहेको थारु भाषालाई सरकारी कामकाजको भाषाका रुपमा परिणत गर्ने भनेर ऐन बनाउने काम भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

झाम्टा नाच प्रतियोगितामा जिल्लाका ८२ टिमको सहभागिता रहेको छ । प्रतियोगिता थारु महिला सभा नवलपुरको आयोजनामा भएको हो ।

थारु महिला सभा नवलपुरका अध्यक्ष टिकाकुमारी महतोको अध्यक्षतामा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य विरेन्द्र चौधरी, गण्डकी प्रदेशका पूर्व मन्त्री एवम् प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी, थाकस जिल्ला अध्यक्ष रामप्रसाद महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।



सम्बन्धित
Loading...