दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी




नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७ न. को भुस बोकेको ट्रकमा आज विहान १० बजेतिर बर्दघाट ४ दाउन्ने जंगलमा आगलागी भएको हो ।




गाडीको ईन्जिन तातिन गई अचानक ट्रकको अगाडीको भागबाट आगो सल्कँदा ट्रकको भुस समेतमा आगलागी भएको हो । आगलागीबाट ट्रक पूर्ण रुपमा क्षति भएको छ ।



सम्बन्धित
Loading...