गैडाकोटमा गैडाको आक्रमणबाट १ जना घाइते 





नवलपुर । नवलपुरको गैडाकोटमा गैडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

नवलपुरको गैडाकोट ६ नगर वन निवासी ५५ बर्षीय नेप्ते कुमाललाई घाँस काट्न जाँदा गैडाले आक्रमण गरेको हो ।


गैडाको आक्रमणबाट कुमालको ढाँडमा चोट लागेको छ । उनको भरतपुर अस्पताल भरतपुरमा उपचार भईरहेको छ । घाइतेको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...