नवलपुरको उद्योग वाणिज्य संघले स्थापना दिवस मनायो

नवलपुर । नवलपुर उद्योग बाणिज्य संघ, नवलपुरको १८ औ स्थापना दिवसको अवसर पारेर नवलपुर उद्योग बाणिज्य संघको नियमित सदस्यता नविकरण भईरहेका व्यवसायिक फमका संचालकहरुलाई स्वास्थ्य छुट कार्ड, सचेतना मुलक सन्देश सहितको शुभकामना कार्ड हस्तान्तरण अभियान शुभारम्भ गरेको छ ।
तत्कालिन नवलपुर क्षेत्रका उद्योगी व्यापारीहरुको पहलमा २०६३ मा नवलपुर उद्योग बाणिज्य संघको स्थापना भएको थियोे ।
नवलपुर उद्योग बाणिज्य संघ नवलपुरले आजदेखि संचालन गरेको अभियानबाट नियमित सदस्यता नविकरण भएका संघका साधारण सदस्यहरुले पुरानो मेडिकल कलेज, भरतपुरबाट स्वाथ्य उपचारमा २५ प्रतिशत र भरतपुर सेन्ट्रल हस्पिटलबाट स्वास्थ्य उपचारमा ४० प्रतिशत र मेडिसिनमा (फार्मेसी) मा ७ प्रतिशत छुटको व्यवस्था गरेको छ ।
पारिवारिक स्वास्थ्य परिचय पत्र नाम दिईएको उक्त कार्डबाट व्यवसाय संचालकका सम्पुर्ण परिवारले सेवा लिन पाउने व्यवस्था रहेको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष बैकुण्ठ प्रसाद अर्यालले बताए ।
उक्त कार्डबाट सेवाग्राहीले आगामी २०८४ चैत्र ३१ गते सम्म सेवा लिन पाउने व्यवस्था रहेको छ ।
साथै संघले स्थापना दिवसको अवसर पारेर व्यावसायिक स्थलमै पुगेर सचेतना मुलक सन्देश सहितको शुभकामना कार्ड वितरण गरिएको संघका महासचिव सागर पोख्रेलले जानकारी दिए ।
पोख्रेलका अनुसार चाडपर्वमा हुनसक्ने मुल्यबृद्धि, कालावजारी र अनुगमनका क्रममा अनुगमनकारी निकायबाट खोजिने कागजात सम्वन्धी जानकारी सहितको शुभकामना कार्ड घरदैलोमा पुर्याउदा व्यवसायी सँगको आत्मीयत बढ्न,े भविश्यमा हुनसक्ने अतिरिक्त जरीवनाबाट समेत उन्मुक्ति हुने भएकाले सचेतनामूलक सन्देश सहितको घरदैलो अभियान संचालन गरीएको र सो अभियानको आज कावासोती २ को ओमशान्ति मार्गबाट शुरुवात गरिएको बताए ।
पोख्रेलका अनुसार अभियान र पारिवारीक स्वास्थ्य परिचय पत्र वितरणका लागि संघका पदाधिकारीहरुको संयोजकत्वमा समिति गठन गरीएको बताउनु भयो । साथै अभियान संघको कार्यक्षेत्र भरीनै संचालन गरीने बताए। सचेतना मुलक शुभकामना बार्डमा व्यावसाय संचालन गर्दा ख्याल गर्नुपर्ने मुख्य बिषयहरु समावेश गरीएको छ ।
अभियानको शुभारम्भमा बोल्दै नवलपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डासुराज पोख्रेलले अभियानले व्यवसायीको सम्भावित जरीवनाबाट बच्ने र परिवारको स्वास्थ्य उपचारमा लाग्ने खर्च समेत जोगीदा आर्थिक समस्या समेत केही हदसम्म भएपनि न्युनिकरण हुने बताए ।
नवलपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुले उद्योग बाणिज्य संधमा नियमित नविकरण गरी लिन सकिने बताएको छ । साथै पारिवारिक स्वास्थ्य परिचय पत्र नविकरण भएका सदस्यहरुले सिदै कार्यालयमा गएर लिन सकिने समेत बताएको छ ।