नारायणी नदिको पानी सुस्ता गाउँ डुबान

नवलपुर ।नारायणी नदिको पानी सुस्ता डुबान भएकोे छ ।
भारतीय पक्षको पटक पटक चपेटामा परेको सुस्ता गाउँ नारायणी नदिको पानी पसी डुवानमा परेको हो ।
नारायणी नदी पानी पस्दा स्थानीयलाई सस्ती पुगेको छ । सुस्ताका स्थानियले साना ओसारपसार गरि सुरक्षित स्थानमा राख्ने कार्य गरिरहेका छन । बर्सेनि नारायणी नदि पानी पस्ने गरेको छ ।
प्रत्येक बर्ष नारायणी नदि पानी पस्नाले सुस्ताबासीलाई बाढिको पिरालो सताईरहन्छ । पानी पर्दा सुस्ताबासी जागराम बस्ने बध्यता रहेको सुस्ता बचाउ अभियानका कार्यबाहक अध्यक्ष आदम खानले बताए ।
अहिले बाढि पसेपछि सुस्ताबासी त्रसित भएको खानले बताए नारायणी नदीको पानी सुस्ता गाउँमा पस्दाँ २५ घर डुबानमा परेको सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालले जानकारी दिए ।उता नारायणी नदिको सबै ठोका खुल्ला गरिएको छ ।
नारायणी नदीमा गण्डक ब्यारेजमा अहिले पानीको बहाब ४ लाख ३२ हजार २ सय क्युसेक पुगेको छ । साढे ४ लाख क्युसेक पानीको बहाब पुगे पछि यहाँ खतराको रुपमा मान्ने गरिन्छ ।