कावासोती नगरपालिकाद्वारा बरामद सामग्री नष्ट



नवलपुरको कावासोती नगरपालिकाले २ दिन बजार अनुगमन गर्दा बरामद गरेको सामग्री आज नष्ट गरेको छ ।


जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, कावासोती नगरपालिका, नवलपुर उद्योग वाणिज्य संघ, पत्रकार लगायतको रोहबरमा आज उक्त सामग्री नष्ट गरिएको हो ।

कावासोती नगरपालिकाले अनुगमनको क्रममा प्लाष्टिकका माला र म्याद नाघेका कस्मेटिक सामग्रीहरु बरामद गरेको थियो ।




बरामद सामग्री आज कावासोती ३ ज्योतिकुञ्ज सामुदायिक वन भित्र लगि खाडल खनेर पुरिएको कावासोती नगरपालिकाका अनुगमन शाखाका प्रमुख डा. टेकराज पौडेलले बताउनुभयो ।

 

 



सम्बन्धित
Loading...