वेपत्ता भएको ३ दिन पछि नारायणी नदीमा शव फेला
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका ६ बोटेटोल नजिकै नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
गत कात्तिक १८ गते दिउँसो ३ बजेदेखि घरबाट आफूखुसी निस्केर वेपत्ता भएका चितवनको भरतपुर महानगरपालिका वडा नं. ७ उज्वल टोल बस्ने बर्ष ५० को दधिराम अधिकारीको शव आज ३ दिनपछि नारायणी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए ।
शवको प्रारम्भिक अनुसन्धान पश्चात पोष्टमार्टमको लागि सरकारी अस्पताल भरतपुर चितवन पठाईको अन्य अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।