काँग्रेसको नवलपुरमा सय दिने विशेष अभियान



नवलपुर । नेपाली काँग्रेसले नवलपुरमा १०० दिने विशेष अभियान शुरु गरेको छ ।



यसैबीच आज नेपाली कांग्रेस कावासोतीको आयोजनामा संगठन सुधार र विस्तारको लागि ‘१०० दिने बिशेष अभियान’ सहित अभिमुखिकरण कार्यक्रम कावासोती विपी चोकमा रहेको बि पि भवनमा भएको नेपाली काँग्रसे कावासोतीले जनाएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. गोपाल दहित, गण्डकी प्रदेश महामन्त्री एवम् गण्डकी प्रदेश पूर्व सांसद विष्णु लामिछाने, नेपाली काँग्रसे जिल्लास भापति एवम् गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री महेन्द्रध्वज जिसी लगायत काँग्रेसका महासमिति सदस्य, जिल्लाका पदाधिकारी, प्रदेश क्षेत्र समितिका पदाधिकारी लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



बिहिबारदेखि नवलपुरको गैंडाकोट नगरपालिका देखि सुरु भएको सय दिने अभियान शुक्रबार देवचुली नगरपालिकामा हुँदै आज कावासोतीमा गरिएको हो ।

त्यसैगरी अभिमुखीकरण कार्यक्रमको बारेमा जानकारी गराउँदै नेपाली काँग्रेस देवचुली नगर कार्यसमितिका सभापति डिल्लीराम कडरियाले सय दिने विषेश अभियानले संगठनलाई मजबुत बनाएर लैजान यो कार्यक्रम वडा तहसम्म पुर्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेसको क्रियाशिल सम्बन्धमा सदस्हरुलाई सहजै नविकरणको व्यवस्था गर्नुपर्ने, क्षेत्रीय प्रतिनिधिको भूमिका नदेखिएको, भातृ संघ संस्थाको अधिवेशन छिटो गर्नुपर्ने, गुट गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने, काँग्रेस आँफै सुधार्नको लागि काँग्रेस एक ढिक्का हुन आवश्यक रहेको बताउनुभएको थियो ।

अभियानका क्रममा देवचुली आउनुभएका नेपाली काँग्रेसका केन्द्रिय प्रतिनिधि डा. गोपाल दहितले जनताका गुनासोसँगै पार्टीले प्राथमिकताका आधारमा गर्नुपर्ने कामको रुपरेखा तयार गर्न सहज हुने बताउनुभयो साथै उहाँले कांग्रेस प्रतिको आम जनताको बुझाइ र भ्रमलाई चिर्न अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

कांग्रेसको सङ्गठनका गतिविधि चलायमान गराउनु नै अभियानको मुख्य उद्देश्य भएको पनि बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति महेन्द्रध्वज जिसीले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने बताउनुभयो । अभियानमा जिल्ला, नगर र वडा स्तरमै विभिन्न कार्यक्रम गर्ने पनि उहाँले बताउनुभयो ।

अन्य स्थानमा पनि उक्त अभियानलाई निरन्तरता दिने बताइएको थियो । कार्यक्रममा पार्टीमा क्रियाशिल कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

 


सम्बन्धित
Loading...