कुमारवर्ती इको क्लब र रेडक्रस सर्कल गठन




नवलपुर । नवलपुरको मध्यविन्दु २ कोल्हुवामा रहेको कुमारवर्ती माध्यमिक विद्यालयमा आज कुमारवर्ती इको क्लब गठन गरिएको छ ।

शेषबहादुर थारुको अध्यक्षतामा इको क्लब गठन गरिएको विद्यालयका इको शिक्षक नारायण अर्यालले बताए ।




समितिको उपाध्यक्षमा कृति पोख्रेल, सचिवमा जीवन महतो र सदस्यहरुमा प्रतिक बेलबासे, सुरेन्द्र बोटे, निश्चल भण्डारी, मनिषा खड्का, अनिसा पंगेनी, सुदन परियार, विश्वास श्रेष्ठ, दीपराज विक, करण पोख्रेल, आयुष कुवर क्षत्री, अमन चौधरी, इषा महतो रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेको विद्यालयको वन, वन्यजन्तु, वातावरण र सरसफाई एवम् प्रकृति संरक्षणमा विद्यार्थीहरुको सहभागिताको लागि इको क्लब गठन गरिएको विद्यालयका प्रधानाध्यापक एवम् इको क्लबका संरक्षक जनकराज केसीले बता ।

त्यसैगरी मध्यविन्दु २ कै कुमारवर्ती माविमा आज देवराज घिमिरेको अध्यक्षतामा कुमारवर्ती रेडक्रस सर्कल समिति पुनगर्ठन गरिएको छ ।

जसको उपाध्यक्षमा कञ्चन महतो, सचिवमा सञ्जना महतो, सहसचिवमा सञ्जिता जैसी र कोषाध्यक्षमा अंकित केसी चयन भएका छन् ।



सम्बन्धित
Loading...