कावासाेती १७ मा माओवादी केन्द्रकाे दाेस्राे वडा अधिवेशन सम्पन्न



कावासाेती १७ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे दाेस्राे वडा अधिवेशन आज सम्पन्न भएकाे छ । अधिवेशनले पुन माेहलाल बरालीकाे अध्यक्षमा १५ सदस्सीय समिति निर्माण गरेकाे छ ।



समितिकाे उपाध्यक्षमा दुर्गा कुमाल, सचिवमा कमलकान्त चापागाई, काेषाध्यक्षमा निरा बि क र सहसचिवमा पूर्णभद्र रेग्मी चयन भएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का जिल्ला संयाेजक कृण्णप्रसाद पराजुली, प्रदेश सदस्य तथा कावासाेती नगर ईञ्चार्ज डासीराम बस्याल माईकल, प्रदेश सदस्य तथा महिला केन्द्रीय सदस्य सरला पाेख्रेल, कावासाेती नगर अध्यक्ष रामराज पण्डित, नगर उपाध्यक्ष सरला खनाल, नगर सचिव साैगम कुमार सिर्पाली, जिल्ला समन्वय सदस्य तथा वडा नं. १७ ईञ्चार्ज अग्निधर लुईटेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।



साथै साेही कार्यक्रममा वडा नं. १७ अनेमसंघ ( क्रान्तिकारी) काे शान्ति बिक काे अध्यक्षतामा ११ सदस्सीय समिति निर्माण गरिएकाे छ । जसकाे उपाध्यक्षमा कृण्णमाया थापा, सचिवमा मिरा बिक, सहसचिवमा गंगा महताे र काेषाध्यक्षमा जमुना कुमाललाई चयन गरिएकाे छ ।

पार्टी वडा समिति अध्यक्ष माेहलाल बरालीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सहजिकरण वडा सचिव कमलकान्त चापागाईले गरेका थिए ।

 

 


सम्बन्धित
Loading...