पत्रकार महासंघ नवलपुरको अधिवेशन २५ मंसिरमा, ३ जना पत्रकारलाई पुरस्कृत गरिने



नवलपुर ।
नेपाल पत्रकार महासंघ नवलपुरको साधारण सभा तथा अधिवेशन मंसिर २५ गते हुने भएको छ ।



आज कावासोतीमा बसेको नेपाल पत्रकार महासंघ नवलपुरको वैठकले मंसिर २५ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी वैठकले प्रत्येक अधिवेशनमा जस्तै यस बर्षको अधिवेशनमा पनि नवलपुरका ३ जना क्रियाशिल पत्रकारलाई सम्मान गर्ने भएको छ ।




पत्रकार दीपक भट्टराई, रमेश बस्ताकोटी र ज्ञानु पंगेनीलाई क्रियाशिल पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ ।

त्यसैगरी पत्रकार महासंघको सदस्यता पाएर २० बर्ष पुरा गरेको पत्रकारहरु घनश्याम बगाले, श्रीराम सिग्देल, विरेन्द्र पराजली, नारायण पंगेनी, प्रेमचन्द्र रौनियार, सालिकराम कोइरालालाई सम्मान गर्ने भएको छ ।

नेपाल पत्रकार महासंघको मंसिर २८ गते देश भर एक साथ जिल्ला, प्रदेश र केन्द्रिय समितिको नयाँ समिति चयनका लागि निर्वाचन हुँदैछ । त्यसका लागि केन्द्रमा उम्मेदवारी दर्ता भईसकेको छ भने प्रदेशमा भोलि मनोनयनको तालिका रहेको छ । त्यसैगरी नवलपुर जिल्लामा जिल्ला समिति चयनका लागि २६ गते मनोनयन दर्ता र २८ गते निर्वाचन हुने जिल्ला अध्यक्ष विरेन्द्र पराजुलीले बताए ।

केन्द्रिय समितिका लागि नवलपुरबाट खुल्ला केन्द्रिय सदस्यमा पत्रकार रामकुमार श्रेष्ठ, भुगोलतर्फको केन्द्रिय सदस्यका लागि पत्रकार दीपक भट्टराई र पत्रकार केवि रानाले उम्मेदवारी दिएका छन् ।

 

केन्द्रिय समितिका लागि सत्ता साझेदार दल काँग्रेस निकट र एमाले निकट पत्रकारहरुको एउटा प्लानल बनेको छ भने काँग्रेसका विद्रोही उम्मेदवार सहित माओवादी केन्द्र लगायत साना दलहरु निकट पत्रकारहरुको अर्को गठबन्धन बनेको छ ।

 

 



सम्बन्धित
Loading...