कावासोतीको सुधारकेन्द्रमा एक जना पुरुषको निधन

नवलपुर । नवलपुरको कावासोती ९ प्रगति टोलमा रहेको निर्णय लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्रमा एक जना पुरुषको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ४ दिन अघि सुधार केन्द्रमा लगिएको कावासोती ३ सति चोक निवासी ३६ बर्षीय रामबहादुर थापा आज विहान मृत अवस्थामा फेला परेका हुन् ।
केन्द्रका कर्मचारी साहिल भण्डारीका अनुसार थापा आज विहान साढे ३ बजेसम्म उनी बोलिरहेको र विहान ४ बजेतिर एक्कासी बेहोसी अवस्थामा पुगेका थिए ।
प्रहरीले घटाना स्थलको मुचुल्का तयार पारी आज विहान शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाएको थियो ।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद नदेखिएको तथापि थप अनुसन्धान भईरहेको जनाएको छ ।
मृतकका आफन्तले शवको पोष्टमार्टम पछि शब बुझि लगेको पनि प्रहरीले जनाएको छ ।