नेप्लिज नाइबरहुड कम्युनिटीद्वारा आश्रममा सामग्री हस्तान्तरण




नवलपुर । नेप्लिज नाइबरहुड कम्युनिटी मेलबर्न अस्ट्रेलियाले नवलपुरको कोल्हुवामा रहेको अरविन्द आश्रम कोल्हुवामा विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।

नेप्लिज नाइबरहुड कम्युनिटी मेलबर्न अस्ट्रेलिया, हाल मेलवर्नमा हुनुभएका अध्यक्ष श्रीकृष्ण महराको पहलमा र हाल यता नेपालमा रहनुभएका कार्यकारी टोली सदस्य जमुना अधिकारी रिजालका साथै ईश्वरी रिजाल, रिया रिजाल, प्रकाश रिजाल, नारायण रिजाल लगायतको सहयोगमा अरविन्द आश्रममा रहेको विद्यार्थीका लागि १ लाख बराबरको सामग्री हस्तान्तरण गरिएको संस्थाका सदस्य प्रकाश रिजालले बताए ।



मध्यविन्दु २ का वडाध्यक्ष रामभक्त अधिकारीको रोहबरमा नेप्लिज नाइबरहुड कम्युनिटीले ५ थान फुटबल, ५ थान क्रिकेट ब्याट, १२ थान क्रिकेट बल, १२ जना क्रिकेट स्टेम, २ थान टेबलटेनिस, १ थान साउण्ड स्पिकर, २ थान माइक, १ थान हार्मोनियम, ५५ थान टिसर्ट र २ थान मादल हस्तान्तरण गरिएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा मध्यविन्दु २ का वडाध्यक्ष रामभक्त अधिकारी, आश्रमका सञ्चालक देवी भण्डारी, नेप्लिज नाइबरहुड कम्युनिटीका सदस्यहरु जमुना अधिकारी रिजाल, ईश्वरी प्रसाद रिजाल, प्रकास रिजाल लगायतको सहभागिता रहेको थियो ।

आश्रममा करिब ७० जनाको परिवार रहेको छ । ४५ जना बालवालिकाले यही बसेर अध्ययन गर्ने गर्दछन् ।


सम्बन्धित
Loading...