नेवाः देय दबू नवलपुरको पाँचौं जिल्ला अधिवेशन भोलि




नवलपुर । नेवा देय् दबू नवलपुर जिल्ला कार्यसमितिको पाँचौं जिल्ला अधिवेशन भोलि कावासोतीमा हुने भएको छ ।

नेवाः समुदायको छाता संगठन नेवाः देय् दबू नवलपुरका अधिवेशन कावासोती ३ को देवचुली नेवा गुठीमा हुने भएको हो ।



अधिवेशनमा प्रतिनिधि, प्रवेक्षक, अतिथि, गुठी सदस्यहरु गरी उद्घाटन शत्रमा करिब ४ सय जनाको सहभागिता रहने जिल्ला सचिव रामकुमार श्रेष्ठले बताए ।

अधिवेशनको उद्घाटन पूर्व नेवाः समुदायका भेषभुषा, धिमी बाजा, लाखे, झाँकी सहितको र्याली निकालिने आयोजकले जनाएको छ ।

अधिवेशनको केन्द्रिय वरिष्ठ उपाध्यक्ष चन्द्रलाल राजभण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले नयाँ जिल्ला समिति, प्रदेश प्रतिनिधि, केन्द्रिय प्रतिनिधि चयन गर्ने छ ।


सम्बन्धित
Loading...