कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आवेदन माग्यो
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत एक सय दिनको कामको लागि बेरोजगारहरुलाई काम गर्न आवेदन माग गरेको छ ।
कावासोती नगरपालिकाले एक सूचना जारी गरी १८ बर्ष पुरा भई ५९ बर्ष उमेर पुगेकाहरुलाई आवेदन माग गरेको हो ।
नगरपालिकाले सूचना प्रकाशित गरी नगरपालिकाको रोजगार सेवा केन्द्रको समन्वयमा प्रदान गरिने १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणमा योगदा गर्न इच्छुकलाई सम्बन्धित वडाको सिफारिसमा फाल्गुन मसान्तसम्म आवेदन दिन माग गरिएको छ ।
त्यसैगरी केही दिन अघि मध्यविन्दु नगरपालिकाले पनि सूचना प्रकाशित गरी मध्यविन्दु नगरपालिका मित्र बेरोजगार रहेकाहरुलाई १०० दिन बराबरको न्यूनतम रोजगारीमा संलग्न इच्छुकसँग आवेदन माग गरेको थियो ।