फागुन १५, मगर समुदायको ऐतिहासीक पर्व




कमला राना मगर – 

आज फागुन १५ गते बिहिबार मगर समुदायको ४३ औ एकता दिवस मुलुकभर रहेका मगर समुदायले विविध कार्यक्रम गरी मनाउदैछन ।




बालक, युवा, प्रौढ सबै मगरहरु आज आफ्नो मौलिक भेषभुषामा सजिएर फागनु १५ लाइ ऐतिहासीक पर्वको रुपमा मनाउदैछन् ।

मगर एकता दिवस ऐतिहासिक पृष्ठभुमि

२०३९ साल फागुन १४, १५ र १६ गते गण्डकी प्रदेश तनहुंको सदरमुकाम.दमौलीमा ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशन सम्पन्न भएको थियो । सोही दिनको स्मरणमा फागुन १५ लाई संघको स्थापना दिवसका रूपमा मनाउने गरिन्छ । यसै दिनलाई मगर एकता दिवसका रुपमा मनाउन शुरु गरीएको हो ।

२०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार संघ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर संघ’ मा रूपान्तरण गरेको थियो ।

२०३९ सालमा सम्पन्न ‘नेपाल लाङ्घाली परिवार संघ’ को प्रथम महाधिवेशनले स्व. हेम बहादुर पुन मगरलाइ अध्यक्षमा चयन गरेको थियो ।

त्यसैगरी २०४३ सालमा सम्पन्न दोस्रो महाधिवेशनबाट अध्यक्ष स्व. कविराज पुन मगर, २०४५ सालमा सम्पन्न तेस्रो महाधिवेशनबाट स्व. ले. मानध्वज राना मगर, २०४८ सालमा सम्पन्न “नेपाल मगर संघ” को चौथो महाधिवेशनबाट स्व. गोरे बहादुर खपाङ्गी मगर, २०६० सालमा सम्पन्न पांचौ महाधिवेशनबाट क्या. यम बहादुर बुढाथोकी मगर, २०६४ सालमा सम्पन्न छैठौं महाधिवेशनबाट स्व. झक बहादुर थापा मगर, २०६८ सालमा सम्पन्न सातौं हाधिवेशनबाट महेन्द्र थापा मगर, २०७३ सालमा सम्पन्न आठौं महाधिबेशनले नविन रोका मगरलाइ अध्यक्षमा चयन गरेको थियो ।

२०७७ सालमा सम्पन्न “नेपाल मगर संघ” को नवौं महाधिवेशनबाट अध्यक्षमा चयन हुनु भएका ज्ञानेन्द्र पुन मगर बर्तमान अध्यक्ष रहनुभएको छ ।

मगर एकता दिवसको महत्व

फागुन १५ गते एकता दिवसको अवसरमा आयोजना गरीने विभिन्न कार्यक्रमले मगर समुदायको भेष भुषा, सस्कृति, इतिहास र परम्पराको जगेर्ना गर्न प्रेरित गर्ने गर्र्दछ । साथै यो दीन मगर समुदायभित्र आपसी सहकार्य, मेलमिलाप र ऐक्यबद्धताको भावना बढाउने अवसरको रुपमा पनि रहेको छ ।

यसैगरी मगर समुदायको सामाजिक, आर्थिक र राजनितिक हकहितबारे जनचेतना जगाउन महत्वपुर्ण भुमिका खेल्नुका साथै मगर समुदायको मौलिक नृत्य, गित, भेषभुषा र खेलकुदा जस्ता सास्कृतिक गतिविधिहरु प्रवद्र्धन गर्न प्रेरित गर्ने अवसरको रुपमा पनि रहेको छ ।

एकता दिवस मगर समुदायको वीर शहिदहरु, पुर्खाहरु तथा अग्रजहरुको योगदानको सम्मान गर्ने अवसर पनि रहेकोले निकै महत्वपुर्ण रहेको छ ।

कसरी मनाइन्छ ?

मगर एकता दिवसको अवसरमा मगर संघ सस्थाहरुले विभिन्न कार्यक्रम, छलफल, तथा ¥यालीहरु आयोजना गर्नुका साथै मगर नृत्य झांंकी, खाना तथा परम्परागत खेलकुद समेत प्रर्दशन गरीन्छ ।

साथै मगर भाषा, इतिहास र संस्कृति सम्बन्धी गोष्ठी तथा सेमिनारहरुको आयोजना गरी फागुन १५ गते मगर एकता दिवस भव्यरुपमा मनाउने गरीन्छ ।

यसरी हरेक वर्ष फागनु १५ गते मनाइने मगर एकता दिवस मगर समुदायको समग्र पहिचान, अधिकार र अस्तीत्वका लागी एक महत्वपुर्ण ऐतिहासीक पर्व हो ।

जनसंख्याको हिसावले नेपालमै तेस्रो ठुलो जातिको रुपमा रहेको मगर समुदाय को जनसंख्या नवलपुर जिल्लामा १ लाख ३ हजार ९ सय ४९ रहेको छ । आफ्नो अलग्गै भेषभुषा, पहिचान र संस्कार रहेको मगर समुदायको ४३ औं एकता दिवसको अवसरमा नवलपुर जिल्लाका ८ वटै पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

स्थानीय बिदाअन्तर्गत फागुन १५ गते आज बिहीबारका दिन नवलपुरका ४ वटा नगरपालिका कावासोति, मध्यविन्दु, देवचुली र गैडाकोट तथा ४ वटा गाउँपालिका हुप्सेकोट, विनयी त्रिवेणी, बुङदीकाली, बुलीङटारले सार्वजनिक बिदा दिएको हो । आजका दिन पालिका अन्तर्गतका वडा कार्यालय, शिक्षा, स्वास्थ्य (अत्यावश्यक सेवाबाहेक), र सम्पूर्ण सार्वजनिक सघसंस्था बन्द रहनेछन् ।



सम्बन्धित
Loading...