बैतडीमा गोली चल्यो, एक जनाकाे मृत्यु

बैतडी । बैतडीकाे दाेगडाकेदार-८ कालागाउँमा गोली लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
छिमेकी दाजु नाता पर्ने ४५ बर्षिय कर्ण बिष्टले भरुवा बन्दुक पड्काउँदा २५ बर्षिय सुरेन्द्र बिष्टकाे मृत्यु भएकाे बैतडीका प्रहरी निरिक्षक बल्देव बडुले बताए।
गाेली लागेर घाइते भएका सुरेन्द्रकाे बाटाेमै मृत्यु भएकाे प्रहरी निरिक्षक बडुले बताए। गाेली प्रहार गरेर फरार रहेका कर्ण बिष्टकाे खाेजी भईरहेकाे उनले जानकारी दिए।
”पछाडिबाट हानिएकाे गाेली नाइटाे नजिकबाट वारपार भएकाे छ’ प्रहरी निरिक्षक बडुले भने ‘घटनासथलमा प्रहरी खटिएकाे छ, थप अनुसन्धान हुदैछ।’
शनिबार राती साढे ९ बजेको समयमा गाउकाे एउटा हाेटेलमा खाना खाइरहेका बेला नजिकैबाट गाेली प्रहार भएकाे प्रहरीले बताएकाे छ । गाेली लागेर मृत्यु भएका बिष्टकाे शब खाेचलेक प्रहरी चाैकीमा राखिएकाे छ।