मध्यविन्दुमा कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव शुरु




नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिकामा आजदेखि कृषि प्रविधि प्रदर्शनी तथा रैथाने खाना महोत्सव शुरु भएको छ ।

महोत्सवको आज संघीय कृषि मन्त्री रामानाथ अधिकारीले उद्घाटन गरेका छन् । महोत्सवको उद्घाटन गर्दै स्थानीय तहले यहाँ उत्पादित वस्तुलाई बजारिकरण गर्नका लागि नगरपालिकाले गरेको कार्य प्रशंशनीय रहेको बताए ।
कार्यक्रममा बोल्दै कृषि मन्त्री अधिकारीले मध्यविन्दु नगरपालिकालाई कृषिमा आत्मनिर्भर गराउन नगरपालिकाले गरेको कार्य स्राहनीय रहेको बताउँदै यसका लागि सरकारले गर्नु पर्ने सहयोग गर्न तयार रहेको उनले बताए ।
उनँले कृषिलाई जीविकोपार्जनका लागि मात्रै गर्ने खेतीको रुपमा नहेरेर अब व्यवसायिक रुपमा लान सकिए नेपाल कृषिमा आत्मनिर्भर हुन सक्ने बताए ।




कार्यक्रममा उहाँले कृषकहरुले उत्पादन वृद्धिमा ध्यान दिई रहँदा विषादी रहित कृषि उपज उत्पादनमा ध्यान दिनु पर्नेमा जोड दिए । उनले विषादी रहित तरिकाले खेतीपाती गरेर कृषि उपज उत्पादन गर्न सके हाम्रो स्वास्थ्यमा पनि त्यसले सरकारात्मक प्रभाव पार्ने भन्दै कृषकलाई विषादी रहित खेतीपातीमा ध्यान दिन आग्रह गरे ।

महोत्सवको उद्घाटन पूर्व चोरमारामा विहान झ्याँकी सहितको शोभा कलस यात्रा निकालिएको थियो ।

महोत्सवमा ९८ वटा स्टल राखिएको छ । जसअन्तरगत २९ वटा कृषि प्रविधिका स्टल, ३० वटा कृषि प्रदर्शन स्टल र ३९ वटा रैथाने खानाका स्टलहरु रहेको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले बताए । कार्यक्रममा बोल्दै मध्यविन्दु नगरपालिकाका नगर प्रमुख अधिकारीले नगरपालिकाले आयोजना गरेको महोत्सवलाई स्थानीय स्तरबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

महोत्सवको मध्यविन्दु नगरपालिका भित्रका विद्याथीृहरुले अनुगमन गरेका थिए ।

कार्यक्रममा संघीय सांसद विष्णु कार्की, पूर्व सांसद कृष्ण पौडेल, मध्यविन्दु नगरपालिकाका पूर्व नगरप्रमुख चन्द्रबहादुर राना, विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष धनश्याम गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

महोत्सवमा कृषि प्रविधि र विभिन्न जातजातिका रैथाने खानामा दर्शकको अत्यधिक भिड लागेको छ ।

महोत्सवको उद्घाटन पूर्व नेपाली काँग्रस मध्यविन्दु नगर समितिले कृषि मन्त्री अधिकारीसँग कार्यकर्ता भेटघाट कार्यक्रम गरेको थियो ।



सम्बन्धित
Loading...