नवलपुरमा एसईईकाे तयारी पूरा, २८ परीक्षा केन्द्र निर्धारण, ६४८२ जना परीक्षार्थी सहभागी हुँदै
नवलपुर ।
यही चैत ७ बाट सुरू हुने एसईई परीक्षा २०८१ को सम्पूर्ण तयारी पूरा भएको शिक्षा बिकास तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।
परीक्षाका लागि केन्द्र निर्धारण,सुरक्षा प्रबन्ध तथा सम्बन्धित केन्द्र सम्म उत्तर पुस्तिकाहरू पुराउने काम सकिएको इकाई प्रमुख दीपेन्द्र राज श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार बिद्यार्थीहरूलाई पायक पर्ने हिसाबले आउदो एसईईका लागि जिल्लामा २८ परीक्षा केन्द्र बनाईएको छ ।
जसमा पालिकागत रूपमा गैडाकोटमा ४ देवचुलीमा ५ कावासोतीमा ७ मध्यबिन्दुमा ५ बिनयी त्रिवेणीमा २ हुप्सेकोटमा ३ बौदिकालीमा १ र बुलिङ्गटार गाउँ पालिकामा १ परीक्षा केन्द्र निर्धारण गरिएको श्रेष्ठले जानकारी दिए।
परीक्षा केन्द्र रहेका बिद्यालयहरूमा डेढगाउँ मावि डेडगाउँ, त्रिभुवन मावि बुलिङ्ग, कालिका सेकेन्डरी स्कुल, जनक मावि, नेपाल राष्ट्रिय शमशेर आदर्श मावि गैडाकोट र लक्ष्मी सेकेन्डरी स्कुल अमरापुरी रहेको छ ।
यस्तै वरचुली सेकेन्डरी स्कुल फारम, देवचुली मावि रजहर, नेपाल मावि केउरेनी, जनज्योति मावि र जनज्योति नमुना मावि प्रगतिनगरलाई परीक्षा केन्द्र बनाईएको छ ।
यसरी नै अन्य परीक्षा केन्द्रमा शिव सेकेन्डरी स्कूल, सहिदस्मृति मावि शिववस्ती, ज्ञानोदय मावि कावासोती, जीवनज्योति मावि कावासोती ३, जनता मावि सहिद नगर,जनता मावि त्रिभुवनटार डण्डा र सरस्वती मावि गोछडा रहेका छन् ।
जनता मावि बेलुवा, सरस्वती संस्कृत तथा साधारण मावि गिरूवारी, हुप्सेकोट मावि मौलाथर, नवलपुर सेकेन्डरी स्कुल, नवजागर मावि चोरमारा, जनता मावि मंगलचौर तथा जनता सेकेन्डरी स्कुल अरूणखोलालाई परीक्षा केन्द्र बनाईएको छ ।
त्यस्तै नारायणी गण्डकी सेकेन्डरी स्कूल त्रिवेणीधाम र भानुदय मावि दुम्किबासलाई एसईई परीक्षा केन्द्र तोकिएको छ ।
यस वर्ष नवलपरासी पूर्व नवलपुरमा नियमित तर्फ ५ हजार ८ सय २६ तथा ग्रेड बृद्धिका ६ सय ५६ गरि कुल ६ हजार ४ सय ८२ बिद्यार्थी एसईई परीक्षामा सहभागी रहने छन् ।
जसमा छात्रा संख्या ३ हजार २ सय ४७ र छात्रको संख्या पनि बराबरी जस्तै ३ हजार २ सय ३५ रहेको छ ।
बताईए अनुसार जिल्लामा ८६ सामुदायिक,४९ संस्थागत, ५ गुरूकुल, प्राबिधिकधार तर्फ ८ र खुल्ला तर्फ १ बिद्यार्थीले एसईई दिनेछन् ।
एसईई परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन ३ महिला सहित २८ प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको छ ।
त्यसैगरी ४३ सहायक केन्द्राध्यक्ष,३ सय २४ निरीक्षक,परीक्षा सहायक ६४ कार्यालय सहयोगी १ सय २९ र सुरक्षाकर्मी ४ सय २० जना गरि कुल १ हजार ८ जनशक्ति एसईईका लागि परिचालित हुने भएका छन् ।
बिद्यार्थी संख्याका हिसाबमा यस पटकको एसईई परीक्षामा भीमसेन आदर्श माविले जिल्लामै सर्वाधिक २ सय २८ र श्रीमद् रामानुज बेदबिद्याश्रम गैडाकोटले ३ बिद्यार्थी सहभागी गराएको छ ।
परीक्षा केन्द्रहरूमा सबै भन्दा धेरै परीक्षार्थी संख्या भानुदय मावि दुम्किबास रहेको छ, जसमा ४ सय ३३ बिद्यार्थी रहेकाछन् ।
त्यसैगरी हुप्सेकोट मावि मौलाथर केन्द्रमा ४७ परीक्षार्थी रहेको शिक्षा बिकास तथा समन्वय इकाई कार्यालय नवलपुरले जनाएको छ ।