नवलपुर स्ववियू निर्वाचनः सहमतिमा निर्वाचन गराउन पब्लिक क्याम्पस संघ तयार




रामकुमार श्रेष्ठ –

नवलपुर । नवलपुरका क्याम्पसहरुमा स्थगित भएको स्ववियू निर्वाचन सहमतिको आधारमा अगाडि बढाउन नेपाल पब्लिक संघ नवलपुर तयार देखिएको छ ।



नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको आज बसेको वैठकले नवलपुरमा सहमतिमा स्ववियू निर्वाचन गराउने सहमति जुटेको नेपाल पब्लिक क्याम्पस संघ नवलपुरका अध्यक्ष एवम् कुमारवर्ती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गुरु सुवेदीले बताए ।

सुवेदीले पब्लिक क्याम्पस संघ स्ववियू निर्वाचन नगराउने पक्षमा नरहेको बताउँदै त्यसका लागि वातावरण तयार हुनु पर्ने बताए ।

उनका अनुसार नवलपुरका राजनीतिक दल र विद्यार्थी संगठनहरुले सहमतिका साथ आए निर्वाचन गराइने भएको हो ।

नवलपुरका क्याम्पसहरुमा तालाबन्दी भएपनि संघले पत्रकार सम्मेलन नै गरेर तत्कालका लागि स्ववियू निर्वाचन स्थगित गरेको थियो । राजनीतिक दलको दबाब र विद्यार्थी संगठनको आन्दोलन फिर्ता पछि नेपाल पब्लिक संघ स्ववियू निर्वाचन गर्न तयार भएको हो ।


सम्बन्धित
Loading...