कुलमान घिसिङ्गको पुनबहालीको माग गर्दै नवलपुरको ठाउँठाउँमा प्रदर्शन




नवलपुर ।

नेपाल विद्युत प्राविधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा नेकपा माओवादी केन्द्रले कावासोती १६ डण्डामा विरोध प्रदर्शन गरेका छन् ।



उनीहरुले केपी ओली नेतृत्वको सरकारको विरोधमा र कुलमान घिसिङ्गको पक्षमा नाराबाजी गरेका थिए ।

सरकारले कुलमान घिसिङ्गलाई हटाएपछि सरकारको चौतर्फी आलोचना भएको छ । विरोध प्रदर्शन पछि आयोजित कोण सभामा बोल्दै माओवादी केन्द्रका सोम श्रीपालीले सरकारले कुलमानलाई हटाएर गम्भीर त्रुटी गरेको भन्दै विना सर्त उनको पुनर्बहाली गर्नु पर्नेमा जोड दिए ।
त्यसैगरी नेपाल विद्युत प्राविधकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज राष्ट्रिय जनमोर्चा नवलपुरले चोरमारा, अरुणखोला र दुम्किबासमा प्रदर्शन गरेका छन् ।

राष्ट्रिय जनमोर्चा नवलपुरका जिल्ला अध्यक्ष गिर बहादुर महतराको नेतृत्वमा रहेको टोलीले चोरमारा, अरुणखोला र दुम्किबासमा ब्यानर सहित र्याली एवम् कोण सभा गरेका हुन् ।

उनीहरुले संघीयताको विरोधमा आयोजना गरिएको राजधानी केन्द्रित कार्यक्रम सफल पारौ, संघियता खारेज गरौ भन्ने जस्ता नारा लगाइ ब्यानर सहित कोण सभा गरेका थिए ।
त्यर्सगरी नवलपुरको मध्यविन्दु न.पा. ७ चोरमारा बजार स्थितका स्थानिय सर्वसाधरणहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको बिषयलाई लिएर विरोध स्वरुप ब्लाक आउट गरेका छन् ।

उनीहरुले घरघरमा साँझको समय आधा घण्टाको बत्ती निभाई सचेत युवा समुहको नाममा विरोध जनाएका हुन् ।

उनीहरुले चोरमारा बजारमा जम्मा भई नाराबाजी समेत गरेको थिए ।


सम्बन्धित
Loading...