विप्लव नेतृत्वको कावासोतीमा जनप्रदर्शन – भिडियो सहित




कावासोती । विप्लव नेतृत्वको नेकपाद्वारा कावासोतीमा खबरदारी र्याली निकालिएको छ ।

प्रतिगमन र यथास्थितिवादको विरुद्ध एवम् अग्रगमनका लागि जनप्रदर्शन गरिएको नेकपा नवलपुरका इन्चार्ज पदक केसी जुझारुले बताए ।



र्याली कावासोती फलफूल चोकबाट विपी चोक, नगरपालिका चोक, इन्द्रचोक, सभापति चोक हुँदै फलफूल चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

र्यालीमा सहभागीहरुले भ्रष्टचारी कारवाही गर, मिटरब्याजीलाई कारवाहीलाई कारवाही गर जस्ता नारा लगाएका थिए ।

यसैबीच कावासोतीको फलफूल चोकमा भएको कोण सभामा बोल्दै नेकपाका नेता सुमन ज्ञवालीले भ्रष्टचारहरुलाई सामुहिक रुपमा कारवाही गर्ने बेला आएको बताए ।

उनले जनताको उपलब्धी खोस्नका लागि पटक पटक षडयन्त्र हुने गरेको र त्यसमा सत्ताधारी दलहरुका नेताहरुले उक्त षडयन्त्रमा साथ दिने गरेको बताए ।

गणतन्त्र आएपनि जनताले गणतन्त्रको महसुस गर्न नपाएको बताउँदै उनले अब फेरि एक पटक जनगणतन्त्रका लागि सडकमा आउनु परेको बताए । उनले काँग्रेस एमालेकै कारण गणतन्त्र बदनाम भएको बताए ।


सम्बन्धित
Loading...