बौदीकालीमा एक जना जेष्ठ नागरिक मृत फेला




नवलपुर । नवलपुरको बौदीकाली गाउँपालिका ३ खैरेनी स्थित कालीगण्डकी करिडोर सडक छेउ नालीमा एक जना जेष्ठ नागरिक मृत फेला परेका छन् ।

नवलपुर प्रहरीका अनुसार बौदीकाली ३ निवासी ६० बर्षीया ईन्द्र बहादुर रुचाल घोप्टो परेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।



मृतकको शव रामपुर अस्पताल पाल्पामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित
Loading...