गैडाकोटमा सवारी दुर्घटनामा २ जना घाईते




नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं. १६ नं. चोकस्थित पूर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदा २ व्यक्ति घाईते भएका छन ।

भैरहवाबाट चितवनतर्फ आउदै गरेको लु प्र ०१ ००१ ख ०४६५ नम्बरको बसले बाटो क्रस गरिरहेको ना ४० प १३९५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो ।



दुर्घटनामा मोटरसाईकल चालक नवलपुर बुलिङटार गाउपालिका १ निवासी २६ वर्षिय सन्तोष श्रेष्ठ र ४५ वर्षिय जुनुमाया श्रेष्ठ घाइते भएका छन् ।

घाईतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज चितवन पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ  ।


सम्बन्धित
Loading...